कोरोना कहर : कतारस्थित नेपाली दूतावासका नियमित सेवाहरु बन्द

एटुजेड समाचार

काठमाडौं – कतार स्थित नेपाली राजदूतावासले आफ्ना नियमित कन्सुलर सेवाहरु बन्द गरेको छ । कतारमा कोरोनाको प्रकोप नियन्त्रण गर्न भन्दै कतार सरकारको आग्रहमा दूतावासले नियमित कन्सुलर सेवाहरु बन्द गरेको हो ।

राजदूतावासले आगामी मार्च १५ तारिख आइतबारदेखि अर्को सूचना नआएसम्म नियमित सेवाहरु बन्द गरिएको जनाएको छ । राजदूतावास भने खुल्ला रहनेछ । तर, अति अत्यावश्यक कामहरु जस्तै राहदानीको म्याद सकिन लागेको, पाना च्यातिएको, राहदानी हराएर नयाँ बनाउन वा ट्राभल्ल डकुमेण्ट बनाउन, म्याद सकिन लागेका मागपत्र प्रमाणिकरण, मृतकको शव पठाउने लगायतका सेवाहरु राजदूतावासका सम्बन्धित अधिकारीको फोन र इमेलबाट समय तय गरि गर्न सकिने दूतावासले जनाएको छ ।

स्वास्थ्य मन्त्रालका अनुसार कतारमा हालसम्म २ सय ६२ जनामा संक्रमण देखिएको छ । बुधवार मात्रै २ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै संक्रमणको फैलावटबाट बच्न कतार सरकारले अस्थायी रुपमा सरकारी तथा नीजि शैक्षिक संस्था, रेष्टुरेन्ट तथा क्याफेमा हुक्का÷सिसा बन्द गराएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु