काठमाडौं – प्रहरीले बालिका अपहरणको आरोपमा विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको हो ।
प्रहरीले बालिकाको पनि उद्धार गरेको छ । विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए । प्रहरीले विप्लव समूहका कार्यकर्ताको साथबाट ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको छ ।