उत्कृष्ट कमब्याक गर्दै पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एटुजेड समाचार

एजेन्सी – दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बोरुसिया डर्टमण्डमाथि दोस्रो लेगमा २–० को जित हात निकाल्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा २–१ ले पराजित पिएसजीलाई क्वाटरफाइनल पुग्न दोस्रो लेगमा जित हात पार्नै पर्ने बाध्यता थियो । तर घरेलु मैदानमा कोरोनाका कारण पिएसजीले दर्शक बिनै खेल्नुपर्‍यो ।

नेमार र युलियन ब्रान्टले गोल गर्दै पिएसजीलाई पुनरागमन जित दिलाए । समग्रमा पिएसजीले ३–२ ले खेल जित्यो । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेमारले २८औं र ब्रान्टले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । डर्टमण्डका एम्रे चानले ८९औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु