साविक बिजेता लिभरपुल च्याम्पियन्स लिगकाे अन्तिम १६ बाटै बाहिरियाे

एटुजेड समाचार

एजेन्सी – साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग तीन–दुईले पराजित भएसँगै समग्रमा चार–दुईकाे हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

दुई पटक अग्रता लिए पनि लिभरपुलले खेल जित्न सकेन । ४३ औँ मिनेटमा जर्जिनियाे विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ९० मिनेट समग्रमा एक–एककाे बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको चौथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई दुई–शून्यकाे अग्रता दिलाए । तर एट्लेटिकोका मार्कस लोरेन्टले ९७ औँ र १०५ औँ मिनेटमा गोल गर्दै खेल दुई–दुईकाे बराबरी गरेका थिए । खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई तीन–दुईकाे जित दिलाए ।

पहिलो लेगमा एट्लेटिको एक–शून्यले विजयी भएकोले समग्रमा चार–दुईकाे जितसहित अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु