भरतपुरको बोरा संकलन केन्द्रमा आगलागी, १५ लाखको क्षती

एटुजेड समाचार

चितवन – भरतपुरको एक बोरा संकलन केन्द्रमा आगलागी भएको छ । महानगरपालिका वडा नम्बर ३ कमलनगरमा रहेको प्रमोद शाहको बोरा संकलन केन्द्रमा आज बिहान २ः ३५ बजे आगलागी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आगो स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिईएको छ । आगलागीबाट रु १५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागी के करणले भएको भने खुल्न सकेको छैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू