कोरानाका कारण भरतपुर विमानस्थलमा यात्रुको चाप घट्दो

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी, फागुन २९, चितवन । कोराना भाइरसको कारण सबै क्षेत्रमा असर परेसंँगै यसको प्रत्यक्ष असर आन्तरिक उडान क्षेत्रमा समेत परेको छ । विगतका बर्षहरुमा यस समय अत्याधिक यात्रुको चाप हुने गरेपनि अहिले आधाजसो यात्रुहरुले उडान भर्दै आएका छन । कोराना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान कटौती हुनु , पर्यटन भ्रमण बर्ष स्थगित हुनु र मानिसको चहलपहलनै कम भएपछि यसको असर हवाई क्षेत्रमा परेको बताईएको छ । भरतपुर विमानस्थलमा पनि दैनिक रुपमा यात्रुको चाप कम हुदै गएको विमानास्थलले जानकारी दिएको छ । भरतपुर विमानास्थलले दिएको जानकारी अनुसार जनवरी महिनामा कुल ५सय५४ पटक उडान अवतरण भएको थियो भने फेब्रुहरी महिनामा यो घटेर ४सय ९८  पटक उडान अवतरण भएको थियो । मार्च महिनामा यो संख्या अझ घट्दै गएको उडान कम्पनीको भनाई छ ।

यति एयरलाइन्स, भरतपुरका प्रबन्धक अनुप ढकाल अन्तराष्ट्रिय रुपमै कोरोना भाइरसको कारण उडान गतिविधि कम भएसंँगै यसको असर आन्तिरक उडानमा समेत परेको बताउंँछन । ‘ यतिबेला विदेशी पर्यटकको चाप अध्याधिक फ्लो हुने बेला हो, उनले भने , तर अहिले नेपाली यात्रुपनि घटेका छन ।’ यात्रु घटेसंँगै उडान कटौती गर्दै भर्ने गरेको उनले बताए । उनका अनुसार उडान क्षेत्रमा यसको असर तुरुन्तै देखा नपरेपनि दिर्घकालीन रुपमा असर पर्नेछ । यात्रु पर्याप्त नभएपछि यति एयरलाइन्सले भरतपुर–पोखरा–भरतपुर उडान यसअघिनै स्थगित गरिसकेको छ । बुद्ध एयर, भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेत भरतपुर विमानस्थलमा आउने जाने यात्रुहरुको चाप क्रमश घट्दै गएको बताउंँछन । ‘अहिलेसम्म त उडान कटौती त गर्नुपरेको छैन । कहिलेकांँही मर्ज गरेर भने चलाएका छौं । उनले भने, यात्रुको चाप हेरेर उडान संख्या घट्न सक्छ । ’ उनका अनुसार दैनिक रुपमा यात्रुको चाप घट्दै गएको उनले बताए । हाल कहिले चार , कहिले पांँच उडान भर्दै आएपनि यात्रुको चाप हेरेर उडान थपघट हुने उनको भनाई छ ।

यात्रु घट्दै गएपनि उडान भने कम नभएको दाबी गर्छन विमानास्थलका प्रमुख पवन कुमार गौतम । ‘ ‘यात्रुको चाप त कम हुदै गएको छ , उनले भने फ्लाइट मुभमेन्ट भने हालसम्म कम भएको छैन । ’
विदेशी यात्रु कम भएपनि राष्ट्रिय तथा स्थानीयस्तरका सभा सम्मेलन र भीआइपीको आवतजावतमा समेत कमी भएका कारण यसको असर उडान कम्पनीमा परेकोे उनको भनाई छ । कोराना भाइरसका कारण पर्यटन क्षेत्रसंँगको प्रत्यक्ष सम्बन्ध हुने हवाई उडानमा सबै भन्दा बढी असर परेको बताउंँछन पर्यटनविद विश्व सुवेदी । ‘सबैभन्दा संवेदनशील बिषयनै स्वास्थ्य रह्यो, उनले भने सरकारले अत्यावश्यक काम बाहेक भीडभाड क्षेत्रमा नजानु भनेका कारण यो क्षेत्रमा प्रत्यक्ष असर परेको हो । ’वर्तमान अवस्थाका कारण उडान क्षेत्रको अवस्था अनिश्चित हुने उनले दाबी गरे ।  हाल बुद्ध एयरले ६ वटा उडान र यति एयरले ४ वटा नियमित उडान भर्दै आएका छन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू