भोली उदिपसँग विवाह गर्दै आँचल

एटुजेड समाचार

चितवन – नेपाली चलचित्रको लागि परिचित नाम हो आँचल शर्मा । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी आँचल अहिलेकी व्यस्त अभिनेत्री मध्यकी एक हुन् । चलचित्रमा जम्न नसके पनि म्युजीक भिडियोमा भने आँचलले राज गरिरहेकी छिन् ।

तिनै आँचल अब नयाँ जीवनको सुरुवात गर्ने तयारीमा रहेकी छिन् । आँचल भोली (बिहिबार) आफ्नो प्रेमी उदिप श्रेष्ठसँग विवाह गर्दैछिन् । उनिहरुको विवाह काठमाडौंको हुनेछ । आँचलले विवाहमा आफन्त, चलचित्रकर्मी, पत्रकार लगायतलाई आमन्त्रण गरेकी छिन् ।

आँचल र उदिपबीच फाल्गुन १२ गते इन्गेजमेन्‍ट भएको थियो । यस्तै २५ गते संगीत कार्यक्रम भएको थियो । झण्डै डेढ बर्ष लामो प्रेम सम्बन्धपछी उनिहरुले विवाह गर्न लागेका हुन् । उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए । बिबाह गर्ने पक्का भएपछि आँचल र उदीपले केही महिना अगाडिबाट प्रेमको बिषयमा खुलेर बोल्दै आएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू