सरकारले भन्यो : विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिन्न

काठमाडौं – सरकारले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ। स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले विशेष परिस्थित र संक्रमित क्षेत्रबाट आउने बाहेक सबैलाई क्वारेन्टाइन गर्न नसकिने बताए।
‘स्पेशल कण्डिसनको छ भने क्वारेन्टाइन गर्छौ। एकदमै संक्रमित भएको ठाउँमा छ भने हामी ल्याएर क्वारेन्टाइन गर्छौँ। त्यो हामीले व्यवस्था गरेका छौँ र प्रदेश प्रदेशमा गरेका छौँ। तर आम मान्छे जो स्वतन्त्र रुपमा आउँछ सबै देशैलाई त क्वारेन्टाइन गर्न सम्भव छैन्’’, उनले भने, ‘त्यस्तो मान्छेहरुलाई होम क्वारेन्टाइन्मा बस्नुस भनेका छौँ । उहाँहरु आफू घरमा बस्नुपर्यो । छुट्टै बस्नुहोस् । मास्क लगाएर बसिदिनुहोस् । आफुले खाएको भाँडाकुँडा आफैले सफा गरेर छुट्टै राख्नुहोस् । केही समयसम्म अर्काको कोठामा नजानुहोस । भनेर हामीले उहाँहरुलाई भनेको त्यो भनेको होम क्वारेन्टाइन हो । संसारभरी नै त्यही प्राक्टिस छ।’
अहिले नेपालमा संक्रमण भित्रिने गरी दक्षिण कोरियाबाट सबै भन्दा बढी सुरक्षा जोखिम रहेको पनि महानिर्देशक श्रेष्ठले बताए। नेपाल सरकारले बढी सुरक्षा जोखिम रहेका देशहरुको पहिचान गर्न अध्ययन गरिरहेको पनि बताए। सरकारले पहिचान गरेका शंकास्पद व्यक्तिलाई अस्पताल लगिने उनले बताए। साथै सरकारले स्थापना गरेका क्वारेन्टाइनस्थहरु पनि बन्द नभएको महानिर्देशक श्रेष्ठले बताए।
तपाइँको प्रतिक्रिया