यूएईमा कोरोना संक्रमित नेपालीको अवस्था सामान्य

एटुजेड समाचार

काठमाडौं – युएईमा कोरोना संक्रमण देखिएका दुई नेपालीको अवस्था सामान्य रहेको अवुधावी स्थित नेपाली दूतावासले जनाएको छ।

‘हामीले यहाँको परराष्ट्र मन्त्रालयमार्फत संक्रमित ती २ नेपालीको विवरण पठाइदिन रिक्ेवस्टे गरेका छौँ। कन्फ्रेन्स कल मार्फत हामिहरुलाई यूएईमा कोरोना संक्रमित विरामीको अवस्थामा व्रिफ्रिङ गराइएको थियो। उहाँहरुको अवस्थालाई लिएर आत्तिहाल्नु पर्ने अवस्था छैन,’ नेपाली राजदूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालले डिसी नेपालसँगको फोन सम्पर्कमा भनिन्।

स्वास्थ्य क्षेत्रमा यूएई सरकारको गुणस्तरीय सेवा रहेको उनको भनाइ थियो । ‘यहाँको सरकारको उपउपचार पद्दती निकै राम्रो छ। संक्रमित आप्रावासीको एनाउन्स गर्नै खाडीमा यूएई पहिलो हो। संक्रमित मध्ये १७ जना उपचारपछि पूर्णरुपमा निको भएका छन्,’ उनले भनिन्।

खाडीमा बहराइनपछि युएईमा बढि संक्रमित भएका छन्। यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये १७ जना उपचारपछि निको भएका छन्। २ जनाको अवस्था गम्भिर छ। संक्रमित मध्ये २ जना त्यहाँ काम गर्न गएका नेपाली रहेको त्यहाँको स्वास्थय मन्त्रालयले सोमबार पुष्टि गरेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू