पुर्वी चितवनको राप्तीमा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम शुरु

एटुजेड समाचार

चितवन – पुर्वी चितवन राप्ती नगरपालिकामा नगरस्तरीय मेलमिलापकर्ताहरुको लागि तीन दिने पुनर्ताजगी तालिम शुरु भएको छ । न्यायिक समिति राप्तीको आयोजनामा आज (बुधबार) बाट शुरु भएको तालिमको  राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले उद्घाटन गरिन् ।

तालिमको उद्घाटन गर्दै बरालले न्यायिक समिति राप्तीको प्रशंसा गर्दै तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । बरालले राप्तीको १३ वटै वडालाई विवादरहित बनाउनका लागि न्यायिक समितिले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिईन् । यस्तै उनले बिभिन्न अपराधका पीडितहरुलाई न्यायका निम्ती समितिले प्रहरी प्रशासनलाई समेत सहयोग गर्नु पर्ने उनको भनाई थियो ।

राप्ती नगरपालिकाका उप-प्रमुख तथा न्यायिक समिति राप्तीका संयोजक इमान सिंह लामाले तालिमले समितिलाई अझै बलियो बनाउने विश्वास ब्यक्त गरे । यस्तै तालिमले सिंगो नगरबासीमा मेलमिलापको भावना जगाउने उनले बताए । तीन दिनसम्म संचालन हुने तालिममा राप्ती नगरपालिकाका सबै वडाबाट गरि ६० जना भन्दा बढी सहभागी रहेका छन् । सहभागीहरुलाई डा. मुक्ति रिजाल,कविता अधिकारी र वन्दु राज पौडेलले प्रशिक्षण दिनेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू