कमल थापाले भने – अब पार्टीलाई कहिल्यै पनि फुट्न दिने छैन

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै पनि नफुटाउने बताएका छन्।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त एकता घोषणा सभा सम्बोधन गर्दै अध्यक्ष थापाले फेरि पार्टी फुट्छ कि भन्ने आशंका नराख्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

थापाले खल्तीबाट गीताको पुस्तक निकाल्दै भने, ‘पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन? मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’

‘अनावश्यक सोचबाट मुक्त हुनुस्। एकता हुन पाएको छैन फुट्छ भन्ने चिन्ताबाट मुक्त हुनुस्,’ उनले कार्यकर्तालाई भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु