बाँस्कोटाको घरमा विस्फोट गरेको आशंकामा विप्लव समूहका नेता पक्राउ

एटुजेड समाचार

काठमाडौं – पूर्वसञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवी बहादुर गुरुङ रहेका छन् ।

उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।

पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको हो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको छ । कार पूर्वमन्त्री बाँस्कोटाको छिमेकीको रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू