काठमाडौँ – पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ ।
पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो ।



पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले बताए । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेको विभिन्न आरोप लगाउँदै बास्कोटाको घरमा विस्फोट गराएको जनाएको छ ।