काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ४०० घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
तेजावी सुन तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।