जथाभावी रुपमा औषधि बिक्री नगर्न निर्देशन

एटुजेड समाचार

काठमाडौं – सरकारले जथाभाबी रुपमा औषधि बिक्री नगर्न निर्देशन दिएको छ । पछिल्लो समय कोरोना भाइरस फैलने डरले उपभोक्ताले औषधि पनि भण्डारण गर्न थालेको पाइएको भन्दै सरकारले जथाभाबी औषधि बिक्री नगर्न निर्देशन दिएको हो ।

जथाभाबी खाइने औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले डाक्टरको सिफारिसबिना औषधि बिक्री नगर्न पनि औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बिरामी पुर्जी तथा बिलबीजककाे परीक्षण गर्दा अनावश्यक रुपमा औषधि बेचेको पाइए कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

यस्तै भारतले निर्यातमा रोक लगाएको भनिएका १३ प्रकारका औषधिका कच्चा पदार्थ तथा तयारी औषधि अभाव नरहेको र विकल्पमा औषधि पर्याप्त रहेकाले किनेर नथुपार्न पनि विभागले आग्रह गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु