चितवन – चितवनका सहिद शिवप्रसाद पौडेल राष्ट्रिय पुरस्कारबाट कवि, निबन्धकार तथा उपन्यासकार भूपेन्द्र खड्का ‘भूपिन’ सम्मानित हुने भएका छन् ।
साहित्य संगम चितवनले भूपिनको उपन्यास ‘मैदारो’ लाई पुरस्कार निर्णय भएको जानकारी दिएको छ । १० हजार रुपैयाँ राशीको पुरस्कार वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आक्रमणमा परी मारिएका विद्यार्थी नेता शिवप्रसाद पौडेलको स्मृतिमा स्थापना गरिएको हो । यो पुरस्कार चैत १ गते हस्तान्तरण गर्ने साहित्य संगम चितवनले जनाएको छ ।
पुरस्कार घोषणा पछी भूपिनले आफु खुसी र भावुक भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘ जसले देशको लागि छोरा नै चढाउनु भयो, उहाँहरुले सहिद पुत्रको नाममा स्थापना गरेको पुरस्कारको लागि ‘मैदारो’ छनौट भएको कुराले खुसी र भावुक दुवै भएको छु ।’
उनले यो पुरस्कारबाट आउने १० हजार रुपैयाँ मैदारो उपन्यासमा चित्रित दलित बस्तीस्थित नमुना स्कुलका नानीहरुलाई अर्पण गर्ने घोषणा पनि गरेका छन् ।