कोरोनाको आशंका लागे आफै क्वारेन्टाइनमा बस्नुहोस, सरकारले राख्न सक्दैन् – स्वास्थ्यमन्त्री

एटुजेड समाचार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन् । आज (मंगलबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने र आफै क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।

कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिममा सरकारले लिने र ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने ढकालले बताए ।

ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्ने उनले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्यो उनले भने ।चिनको वुवानबाट सुरु भएको कोरोना चिनमा घट्दै गएको छ भने अन्य देशमा बढ्दै गएको छ ।

अहिलेसम्म एक लाख १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण भएको छ भने ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु