प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, एकदुई दिनमै डिस्चार्ज

एटुजेड समाचार

काठमाडौं  – मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरुले बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा आज (मंगलबार) पत्रकार सम्मेलन गरी ओलीकी निजी चिकित्सक प्रा.डा( दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिइन्।

मंगलबार ओलीको मिर्गौला प्रत्यारोपण भएको एक हप्ता पुगेको छ। पत्रकार सम्मेलनमा चिकित्सक शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने समयबारे भने निर्णय भइनसकेको जानकारी दिइन्। उनले एकदुई दिनमै डिस्चार्ज गरिने सम्भावना रहेको बताइन्।

उनले अस्पतालबाट डिस्ीचार्ज भए पनि प्रधानमन्त्री ओलीले लामो समय आराम गर्नुपर्ने बताइन्। उनले पूरै ठिक हुन ओलीलाई ६ महिना पनि लाग्न सक्ने बताइन्। उनले ६ महिनाभन्दा अघि ओलीले भीडभाडमा जान नहुनेसमेत बताइन्।

ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। उनको डिस्चार्जबारे पनि केही खुलाइएको छैन। ओलीको त्रिवि शिक्षण अस्पतालमा गएको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु