काठमाडौं – सरकारले गठन गरेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले छलफल गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले औषधि एवम् अन्य अत्यावश्यक वस्तुहरुको नियमित आपूर्ति व्यवस्थाका लागि सरोकारवाला पक्षसँग छलफल गरेको हो ।
छलफलमा नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रराज श्रेष्ठले औषधिमा कालोबजारी हुन नदिने बताए । उनले कोरोनाको भ्रम र त्रासले गर्दा सुरुवातका दिनमा मधुमेह लगायको औषधि बढी खपत गरेपनि अन्य औषधि अभावको अवस्था नरहेको जानकारी दिए ।
छलफलमा औषधि उद्योगीले ६ महिनाका लागि औषधिको माग पूरा गर्न सक्ने भएपनि औषधि आपूर्तिको व्यवस्था गर्न आग्रह गरेका थिए । बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटन मन्त्री योगेश भट्टराई, उद्योग मन्त्री लेखराज भट्ट, उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायत सहभागी भई छलफल गरिरहेका छन् ।