पत्तीले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई आज अदालत लैजादैं

एटुजेड समाचार

काठमाडौँ – परीक्षामा कम अंक ल्याएको भन्दै विधार्थीलाई पत्तीले हात चिर्न लगाउने शिक्षिकालाई म्याद थपका लागि अदालत लैजाने तयारी भएकाे छ । जडिबुटीको जागृती एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत बानेश्वरले म्याद लिन अदालत लैजाने तयारी गरेकाे हाे ।

कर्मचार्यलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । आइतबार र सोमबार सार्वजनिक विदा भएकाले उनलाई पक्राउ परेको तीन दिनपछि मात्र अदालत उपस्थित गराउन लागिएको हो । हिरासतमा थप समय राख्नका लागि सामान्यतया पक्राउ गरेको २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्छ ।

प्रहरीले बालबालिकासम्बन्धी ऐन लगाएर कर्मचार्यमाथि अदालतबाट म्याद लिने तयारी गरेको छ । ऐनको परिच्छेद ८ मा रहेको ‘घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने’ कसुरमा दोषीलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म सजाय हुन सक्ने उल्लेख छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू