चीनमा कोरोना भाइरसबाट संक्रमित भएका ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किए

एटुजेड समाचार

चीन – विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा कोरोनाभाइरसबाट संक्रमित भएका ८० हजार विरामीमध्ये ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससका अनुसार अत्यधिक कोरोनाभाइरस प्रभावित देशमध्ये चीनमा अहिले प्रकोप नियन्त्रणको मार्गमा अघि बढिरहेको छ । टेड्रोसले निर्णायक र शिघ्र कदमबाट कोरोनाभाइरसको संक्रमण घट्ने बताए ।

‘जुन देशले कोरोनाभाइरसका नयाँ संक्रमितको पहिचान गर्न र तिनको सम्पर्कमा आएका व्यक्तिको पहिल्याए प्रयास गरेका छन् तिनले विश्वलाई नै योगदान पु¥याउनेछन्,’ टेड्रोसले भने । उनले विश्वका सबै देशलाई वृहद समन्वयातत्मक रणनीतिमार्फत प्रकोप नियन्त्रणको प्रयास थाल्न आग्रह गरेका छन् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु