पूर्वी तथा मध्य पहाडी भू–भागमा चट्याङसहित वर्षा

एटुजेड समाचार

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार देशको केही पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बुधबार पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी तथा मध्य भू–भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावाना छ ।

बिहीबार देशभर आँशिक बदली रहनेछ । पहाडी भू–भागका १–२ स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावाना छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू