होली खेल्ने क्रममा नारायणी किनारमा ग्याङ फाइट : तीन घाइते, एकको अवस्था गम्भिर

एटुजेड समाचार

चितवन – नारायणी नदी किनारमा होली खेल्ने क्रममा दुई समुहबीच ग्याङ फाइट हुँदा एक जना गम्भिर घाइते भएका छन् । नारायणी नदी किनारमा सोमबार अपरान्ह साँढे ४ बजे दुई समुहबीच ग्याङ फाइट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एक नारायण कोइरालाले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी झगडा गर्दा भरतपुर ११ लामा टोल बस्ने बर्ष १८ का राज तामाङ गम्भिर गम्भिर घाइते भएको कोइरालाले बताए । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । तामाङ सँगै सोही स्थान बस्ने बर्ष १७ का सनम थापा र टांडी घर बताउने बर्ष १९ को सचिन राना मगर घाईते भएका छन् । उनिहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।उनिहरुको अवस्था मध्यम रहेको छ । कुटपिटमा संलग्न भरतपुर २ बस्ने बर्ष १८ का दिपेश घले र भरतपुर १० बस्ने बर्ष १८ कै सिर्शक गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु