इटालीका जेलमा भएको दंगामा ६ जनाको मृत्यु

एटुजेड समाचार

रोम । इटालीको एक जेलमा भएको दंगामा ६ जनाको मृत्यु भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि प्रतिबन्ध लगाइएको अवस्थामा एक जेलमा दंगा मच्चिएको हो ।

अधिकारीहरुका अनुसार इटालीको उत्तरी सहर मोडेनाको एक जेलमा कैदीहरुले आगजनी गरेका छन् । आफन्तसँग भेटघाट गर्न नपाउने भनेपछि उनीहरुले आगजनी गरेको बताइएको छ ।  बीबीसीका अनुसार मृत्यु हुनेमध्ये दुईजनालाई अत्यधिक लागुऔषध सेवनका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ ।

उक्त दंगा आइतबार सुरु भएको थियो । आफन्त र साथीभाइसँगको भेटघाटमा प्रतिबन्ध लगाएपछि त्यहाँबाट भाग्‍नका लागि उनीहरुले आगजनी गरेको बताइएको छ ।  जेलरहरुले पाँच सयजनालाई कैदीहरुलाई भाग्‍नबाट रोक लगाइएको थियो ।  अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । – बीबीसी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु