कोरोना भाइरसबाट केरलामा तीन वर्षीय बालक संक्रमित

एटुजेड समाचार

नयाँदिल्ली । केरलामा तीन वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ती बालक भारतमा कोरोनाबाट संक्रमित सबभन्दा कम उमेरका बिरामी भएको बताइएको छ ।

संक्रमित बालक इटलीबाट दुबई हुँदै मार्च ७ मा भारत पुगेका थिए । कोच्ची विमानस्थलमा निगरानी टोलीले ती बालकमा हलुका ज्वरो आएको फेला परेको थियो ।

स्वास्थ्य विभाग एक वरिष्ठ अधिकारीको नाम उल्लेख नगरीकनै बीबीसीले समाचारमा भनेको छ, “संक्रमित र उसको परिवारलाई तत्काल अस्पताल लगिएको छ । बालकको स्याम्पल नेसनल इन्स्टिच्युट अफ विरोलोजी पठाइएको छ । त्यहाँ कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ । केरलमा कोरोनाबाट  संक्रमित हुनेमा यही बालक सबैभन्दा कम उमेरको हो ।” –बीबीसी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु