विकट गाउंँका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण

एटुजेड समाचार

फाल्गुन २६, ईच्छाकामना । चितवन जिल्लाको विकट क्षेत्र ईच्छाकामना गाउंँपालिकामा रहेको सर्वशान्ति मावि,कुरिनटार र जनप्रिय मावि,काउलेका १ हजार ५० जना विद्यार्थीको मुटु तथा तथा मृगौलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
ईच्छाकामना गाउंँपालिका आयोजना र स्वास्थ्य दर्पण मिडिया नेटवर्कको संयोजनमा उक्त शिविर हालै सम्पन्न भएको हो । .
शिविरमा १५ जना विद्यार्थीमा मुटुको बाथरोग , एक जनामा जन्मजात मुटु प्वाल र भल्ब लिकेजको समस्या देखिएको मुटुरोग बिशेषज्ञ डाक्टर शंकर लौडारीले जानकारी दिए ।
शिविरमा संलग्न डाक्टर शंकर लौडारी र डाक्टर केशब बुढाथोकीले विद्यालयमा अध्ययनरत ५ देखी १५ बर्ष उमेरका बालबालिकाहरुमा मुटुको भल्ब साँघुरो हुने ,धड्कन अनियमित हुने जस्ता लक्षण देखिएको बताए ।
शिविरमा बिद्यार्थीहरुको मृगौला परीक्षण गर्दा अधिकांश विद्यार्थीहरुको मृगौलाको अवस्था सामान्य रहेको वरिष्ठ मृगौलारोग विशेषज्ञ डा.सन्तोष गुरुङले बताए ।

शिविरमा डाक्टर शंकर लौडारी,डाक्टर केशब बुढाथोकी , वरिष्ठ मृगौलारोग विशेषज्ञ डा.सन्तोष गुरुङ, आर.डि.एल. चितवनका टेक्नोलोजिष्ट उत्तम कुवँर लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए । शिविरमा मुटुको ईकोकार्डियोगा्रफी सेवा प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई मुटुरोग र मृगौला रोगबारे सचेतना दिइएको स्वास्थ्य दर्पण मिडीया नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठले जानकारी दिए । .
सो क्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले चितवनको विकट गाउंँका विद्यार्थीलाई दिइएको स्वास्थ्य परीक्षणबाट ठुलो लाभ मिलेको बताईन । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाइन ।
.चितवनमा रहेका ७ वटा स्थानीय तहमध्ये यस गाउंंँपालिका भौगोलिक विकटता संगै यहांँ जनजाति समुदायको बाहुल्यता रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू