होली खेलेर नुहाउँन बाथरुम छिरेका नेविसंघ डडेल्धुरा सभापति भण्डारी मृत भेटिए

डडेल्धुरा – नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका कार्यवाहक सभापति भण्डारी मृत अवस्थामा भेटिएका हुन ।
उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। भण्डारी नेविसंघ नेताका साथै डडेल्धुरा कपडा बैकंका अभियन्ता पनि हुन्। उनी डडेल्धुरामा विभिन्न समाजिक कार्यमा संलग्न थिए।
तपाइँको प्रतिक्रिया