विप्लव समूहका बारा जिल्ला इन्चार्ज पक्राउ

एटुजेड समाचार

बारा – सरकारबाट प्रतिबन्धित विप्लव समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य इन्द्रबहादुर नकडोलीलाई पक्राउ परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ का नक्कडोली फागुन २५ गते बाराको जितपुरबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका नकडोलीबाट पल्सर बाइकसहित ६ थान मोबाइल सो समूहसँग सम्बन्धित पर्चा र पम्प्लेट जफत गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई सिमरा र फत्तेपुरमा रहेको एनसेल टावरमाथि आगजनी गर्ने नेतृत्व गरेको आरोप लगाउँदै मुद्धा दायर गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु