प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएपछी बुधबारसम्म डिस्चार्ज हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बुधबारसम्म डिस्चार्ज हुने भएका छन् । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले अब डिस्चार्ज गर्न सकिने बताईएको छ ।
प्रधानमन्त्री ओली हिँड्डुल गर्न सक्ने र आफैंले खानेकुरा खान सक्ने भइसक्नुभएको छ। अस्पतालबाट डिस्चार्ज नभएसम्म कसैलाई पनि भेट्न नदिने चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलालाई पनि सँगै डिस्चार्ज गर्ने तयारी भइरहेको ती चिकित्सकले बताए।
प्रधानमन्त्रीको छ दिन अघि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया