वे ग्रुप नेपालले गरे १ सय ५० भन्दा बढी चालकलाई निशुल्क मास्क वितरण

एटुजेड समाचार

चितवन – वे ग्रुप नेपालको ‘हप्ताको एकदिन एकछिन समाजको लागी’ नियमित अभियान अन्तर्गत २०२ औं श्रृखंलामा हाल विश्वभर महामारी रुपमा फैलिरहेको कोरोना भाईरस सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ । वे ग्रुपको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नारायणगढको सकृय सहभागीता रहेको थियो ।

भरतपुरको चौबिसकोटिमा लामबद्ध भई कोरोनाको विषयमा कोरोना भाईरसले आत्तिनु पर्दैन साबधानी अपनाऔं, सक्नुहुन्छ भने मास्क निशुल्क वाडीदिनुस् नसके सही मुल्य लिनुस्, रोगले कसैलाई चिन्दैन सचेत बनौं लगायतका सन्देशमुलक प्ले कार्ड प्रर्दशनी गरिएको थियो ।

साथै उक्त कार्यक्रममा १ सय ५० भन्दा बढीका चालक र सहचालकलाई निशुल्क मास्क वितरण गर्नुको साथै कोरोनाको बारेमा सचेतना समेत प्रदान गरिएको थियो । कार्यक्रममा सरसफाई पनि गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु