डब्लुएचओकाे काेराेना भाइरसबाट बच्न सुझाव

एटुजेड समाचार

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस अर्थात (कोभिड-१९) बाट सुरक्षित रहनका लागि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

सङ्गठनले कोरोनाबाट जोगिन साबुन पानीले हात धुनुलाई पहिलाे सुरक्षाकाे रुपमा लिएकाे छ । हातले नाक, मुख तथा आँखामा बारम्बार छोइने भएकोले बारम्बार साबुन पानीले हात धुन सङ्गठनले आग्रह गरेकाे छ ।

यस्तै डब्लुएचओले अर्को व्यक्तिसँग कम्तीमा एक मिटर टाढा रहन आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा र्‍यालसँगै कोरोना भाइरस सर्ने भएकोले सबै मानिससँग दूरी कायम गर्नु उचित हुने सङ्गठनको भनाइ छ ।

आफ्नो नाक, मुख तथा आँखा बारम्बार छोइरहने बानी धेरै मानिसको हुने भएकाले त्यस्तो बानी हटाउन पनि डब्लुएचओकाे आग्रह छ । डब्लुएचओले श्वासप्रश्वास सम्बन्धित समस्या भए नभएको बारेमा सचेत रहन तथा खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्न आग्रह गरेकाे छ ।

सिँगान पुछेको वा हाछ्युँ गर्दा प्रयोग गरेको कागज बन्द रहने भाँडोमा फ्याँक्न वा रुमाल भएमा बारम्बार धुन सुझाव दिएकाे छ । यस्तै ज्वरो, खोकी वा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएमा कार्यालय वा घरबाहिर नगई घरमै बस्न सल्लाह दिएकाे छ ।

कोरोना भाइरस चाँडो सर्ने रोग भएकोले आफ्नो बानी व्यवहारमा सचेत रहन तथा समस्या देखिनासाथ स्वास्थ्य कार्यालयमा जान र सल्लाहअनुसार औषधि खाएर घरमै आराम गर्न विश्व स्वास्थय सङ्गठनले आग्रह गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू