चितवन – चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको ट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।
