नवलपरासी – विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रास सँगै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका दुई युवाहरुले निःशुल्क माक्स वितरण गर्नुका साथै कोरोना भाइरसबारे सचेतना कार्यक्रम गरेका छन् ।युवाहरुले सामुदायिक बिध्यालयमा निःशुल्क माक्स वितरण गरेका हुन ।
हुप्सेकोट गाउँपालिका वडा नं. ३, गिरुवारी स्थित सरस्वती मा.वि.का विद्यार्थीहरुलाई करिब ६ सय थान माक्स वितरण एबं कोरोना भाईरस बारे सचेतना कार्यक्रम गरि अभियान सुरु गरेका हुन् । उनिहरुले बाल कल्याण प्रा. बि. हुप्सेकोट ०२ कोलिया र शान्ती मा.बी. हुप्सेकोट ०३ बेलाहानिमा गरि करिब १५०० माक्स निशुल्क रुपमा बितरण गरिसकेका छन ।
स्थानिय युवा पिताम्बर कोईराला र अमर गोदारले विश्वभर नै कोरोना भाइरस फैलिएर बिध्यार्थिहरुमा मनोवैज्ञानिक त्रास बढेका बेला स्वास्थ्य प्रति सचेत रहन प्रति विद्यार्थी एउटा माक्स प्रदान गरेको जानकारी दिएका छन । ”हुप्सेकोट गाउँपालिकाको समथर क्षेत्रमा(वडा नम्बर १,२,३,४) रहेका सामुदायिक बिध्यालयहरुमा माक्स बितरण गर्ने उदेश्य रहेको अर्का युवा अमर गोदारले जानकारी दिएका छन ।