माल्टा र कुवेत पठाइदिन्छु भन्दै अढाइ कराेड ठगी गर्ने पक्राउ

काठमाडौं – नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै दुई करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरी आइतबार काठमाण्डाैमा सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनि ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । ‘पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति ६ लाख लाग्छ भनl ठगी गरेको अनुसन्धानमा खुलेको छ’, प्रवक्ता बोगटीले भन्नुभयो ।
श्रेष्ठले माल्टा जानेसँग ६/६ लाख रुपैयाँ तथा कुवेत जानेसँग ३/३ लाख रुपैयाँ उठाइसकेको प्रहरीले जनाएको छ । माल्टामा प्रतिमहिना एक हजार दुई सय युरो र कुवेतमा प्रतिमहिना दुई हजार दुई सय दिनार कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ । रासस
तपाइँको प्रतिक्रिया