प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार दिन थालिएको छ ।त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखा परेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गर्नुभएको छ ।
उहाँको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । १२ वर्षअघि भारतकाे एपाेलाे अस्पतालमा प्रधानमन्त्री ओलीमाे पहिलाे पटक मिर्गाैला प्रत्याराेपण गरिएकाे थियाे ।
तपाइँको प्रतिक्रिया