कोरोना आतंक : पुरानो मेडिकल कलेजमा पनि उच्च सतर्कता अपनाउँदै छुट्टै हेल्थ डेक्स

चितवन – भरतपुरस्थित पुरानो मेडिकल कलेजले कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९)बाट बच्न अस्पताल परिसरमा छुट्टै हेल्थ डेक्स सञ्चालन गरेकोे छ ।
विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसकाे चितवन पनि उच्च जाेखिमा रहेकाेले उच्च सतर्कता अपनाउँदै छुट्टै हेल्थ डेक्स स्थापना गरिएकाे पुरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।
शुरूदेखि नै हेल्थ डेक्स सञ्चालनमा ल्याएकाे भएपनि अझै व्यवस्थित रूपमा सेवा दिने छुट्टै हेल्थ डेक्स स्थापना गरिएकाे उनले बताए । ‘हेल्थ डेक्समा स्वास्थ्यकर्मीले जनचेतनासँगै रुघाखोकी,ज्वरो र अन्य संक्रमणको लक्षण देखिएका बिरामीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको न्यौपानेले बताए । कोही संकास्पद विरामी भेटिए उनलाई तत्कालै अस्पतालकाे आइसोलेसन वार्डमा राखेर उपचार गरिने उनले जानकारी दिए । कोरोनाको बारेमा अहिले सम्म २ सय जनाले परामर्श लिईसकेका छन् ।
तपाइँको प्रतिक्रिया