अध्ययन भन्छ : वायु प्रदूषणले मानिसको आयु तीन वर्ष घटाउँछ

काठमाण्डौ – घर बाहिरको वायु प्रदूषणले मानिसको आयु झण्डै तीन वर्ष घटाउन थालेको एक अध्ययनले देखाएको छ । कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित अध्ययनले घर बाहिरको वायु प्रदूषणले मानिसको आयु २ दशमलव ९ वर्षले घटाइरहेको देखाएको हो ।
युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको उनीहरुले दाबी गरेका छन् ।उनीहरुले वायु प्रदूषणका कारण ज्यान गुमाउनेको संख्या धुमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन् ।
तपाइँको प्रतिक्रिया