अमेरिकी राष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि

एजेन्सी – अमेरिकन कन्जर्भेटिभ युनियन (एसीयु)ले गत हप्ता मेरिल्याण्डको नेशनल हार्बरमा भएको कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्सका एक सहभागीमा कोरोनाभाइरस संक्रमण देखिएको शनिबार जानकारी दिएको छ ।
यो कन्फरेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत प्रशासकीय अधिकारीहरु सहभागी थिए । यद्यपि एसीयुले संक्रमित सहभागी राष्ट्रपति र उपराष्ट्रपतिको सम्पर्कमा नआएको तथा राष्ट्रपति र उपराष्ट्रपति मुख्य हलमा भएको कार्यक्रममा सहभागी नभएको जनाएको छ । राष्ट्रपति ट्रम्प भने यसबाटै कुनै किसिमले चिन्तित नभएको जनाइएको छ ।
तपाइँको प्रतिक्रिया