बार्सिलोना फेरी तालिकाको शिर्ष स्थानमा

एजेन्सी – क्याटालन क्लब बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । ला लिगा अन्तर्गत आज (शनिबार) सम्पन्न खेलमा रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १-० को कठिन जित निकाल्यो । उसको जितमा कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले केही सुन्दर अवसर खेर फाले ।
खेलको ८१ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । पाहुना टोलीको खेलाडीले डि बक्स भित्र ह्याण्ड गरेपछी प्राप्त पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा आंशु माने फाटीको पासमा जोर्डी अल्बाले गोल गरेपनी भिएआरले त्यसलाई मन्यता दिएन र बार्सिलोना १-० ले बिजयी भयो । जितसँगै शिर्ष स्थानमा उक्लिएको बार्सिलोनाको २७ खेलबाट ५८ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिड ५६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
तपाइँको प्रतिक्रिया