सुस्त मनस्थिती संस्था चितवनको अध्यक्षमा न्यौपाने
चितवन – राष्ट्रिय सुस्त मनस्थिती कल्याण संस्था नेपाल चितवन शाखाको अध्यक्षमा दिननाथ न्यौपाने चयन भएका छन् । संस्थाको आज (शनिबार) सम्पन्न १९ औं जिल्ला सभाले अध्यक्षमा न्यौपानेलाई चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा निर्मल कुमार श्रेष्ठ, सचिवमा रोशन मास्के, सह – सचिवमा किरण गोविन्द आमात्य, कोषाध्यक्षमा नेत्र प्रसाद आचार्य चयन भएका छन् । सदस्यहरुमा नम्रता अधिकारी र दुर्गा प्रसाद गौतम चयन भएका हुन । यस्तै नव गठित कार्यसमितिले बली भद्र पौडेल र विश्व नाथ ओझालाई सदस्यमा मनोनित गरेको छ । एक जना सदस्य भने केन्द्रले मनोनित गर्ने बताईएको छ ।
कार्यक्रमका प्रमुख अतिथी संस्थाका केन्द्रिय अध्यक्ष मुक्ती अधिकारीले नव गठित कार्यसमितिलाई बधाई दिदै सुस्त मनस्थिती भएका व्यक्तिहरुलाई आफ्नै अभिभावक सरह सहयोग गर्न आग्रह गरे ।
तपाइँको प्रतिक्रिया