महिला एवं बालबालिकाको पहलमा पुरानो मेडिकल कलेज सरसफाई

चितवन – साप्ताहिक रुपमा हस्पिटल क्षेत्र सरसफाई अभियान चलाएको महिला एवं बालबालिकाको पहलले आज पुरानो मेडिकल कलेज सरसफाई गरेको छ ।
सन्देश फ़ाउण्डेशन नेपाल, द यूनाइटेड चितवन, सुनौलो बिहानी लागूऔषध उपचार केन्द्र, जिल्ला प्रहरी कार्यालय , टोल विकास संस्था, सरसफाई अभियान्ताहरूको सहयोग र सहकार्यमा हरेक हप्ताको शनिबार हस्पिटल क्षेत्र सरसफाई गरिएको हो ।
सरसफाईको ८२औं हप्तामा प्रवेश गरेको अभियानले स्थानिय समुदायबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको सरसफाई अभियान्ताहरुले बताएका छन् ।
सन्देश फाउण्डेशनका संयोजक एवम सामाजिक अभियान्ता दिवाकर राज श्रेष्ठले स्वस्थ समाज निर्माणको लागि महिला तथा बालबालिकाले सुरु गरेको यस अभियानलाई आफूहरुले सधै साथ दिने बताए । अर्को हप्ताबाट भरतपुर हस्पिटल क्षेत्र सरसफाई अभियानमा कलेजका विद्यार्थीहरुलाई पनि सहभागी गराउने योजना रहेको उनले जनाए ।
यस फाउण्डेशनले सरसफाईमा मात्रै नभई भरतपुर महानगरपालिकालाई लागुऔषध मुक्त महानगर बनाउने अभियान पनि चलाउदै आएको छ ।
तपाइँको प्रतिक्रिया