भरतपुर महानगरद्वारा कक्षा ८ को परिक्षा तालिका फेरी परिमार्जन, फागुन २८ बाटै शुरु हुने

चितवन – कोराना भाइरसको त्रासको कारण भरतपुर महानगरपालिकाले कक्षा ८ को परिक्षा तालिका फेरी परिमार्जन गरेको छ । आज (शुक्रबार) एक सुचना जारी गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले कक्षा ८ को परिक्षा फाल्गुन २८ गतेदेखी हुने गरी परिमार्जन गरेको हो । कोरोना भाइरसको त्रास बढ्दै गएको कक्षा ८ को परिक्षा तालिका फेरी परिमार्जन गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
महाशाखाले यस अघी कक्षा ८ को परिक्षा चैत्र २ गतेदेखी गर्ने गरी परिक्षा तालिका परिमार्जन गरेको थियो । कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सरकारले चैत्र ५ गते भित्र कक्षा १ देखी ९ सम्मको परिक्षा चैत्र ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । तर महाशाखाले भने चैत्र ५ गतेसम्म सम्पन्न गर्न नसकिने बताउदै चैत्र २ गतेबाट परिक्षा लिने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रिया