संसदमा हेल्थ डेक्स राख्न सांसदको माग

काठमाडौं – प्रतिनिधि सभाका सांसद प्रदीप कुमार यादवले कोरोना भाइरसको संक्रमणबाट जोगिन संसदमा ‘हेल्थ डेक्स’ राखेर मात्रै संसद चलाउन माग गरेका छन् । शुक्रबारको शुन्य समयमा बोल्दै सांसद यादवले कोरोनाको त्रास विश्वव्यापी रुपमा बढेको अवस्थामा संसदमा हेल्थ डेक्स नराखिएकाले कुनै एक जनाबाट संक्रमण फैलिए २७५ जना सांसद नै प्रभावित हुने भन्दै तयारीबिना संसद चलाउनुभन्दा बन्द गर्नु उपयुक्त हुने धारणा राखे ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको उपचार नै सावधानी भनेको अवस्थामा नेपाल सरकारले समेत भीडभाडमा नजान, भोजभोतेर नगर्न र साबुन पानीले हात धुन भनेपनि हामी सांसदहरुले कति सावधानी अपनाएका छौँ भन्दै यादवले प्रश्न गरे ।‘हामी २७५ जना सांसद एकै ठाउ जम्मा हुन्छौँ । तर सरकार र स्वास्थ्य मन्त्रालयले संसद प्रवेश गर्दा कुनै किसिमको हेल्थ डेक्स छैन । उनले भने सांसदहरु विभिन्न कार्यक्रममा जान्छौँ ।
तपाइँको प्रतिक्रिया