मास्क र स्यानेटरी आइटममा भन्सार छुट दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रह

काठमाडौं – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मास्क र स्यानेटरी आइटम आपूर्तिमा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार अत्यावश्यक वस्तुहरुको आपूर्तिको विद्यामान अवस्थाबारे उद्योगीहरुसँग छलफल गरेको थियो ।
कोरानो भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएसँगै नेपाली बजारमा मास्कसँगै स्यानिटाइज अभाव छ । छलफल लगतै मन्त्रालयले मास्क र स्यानेटरी आइटलमा तत्कालका लागि भन्सार छुट दिन आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया