कलेजको होस्टेलको खानामा सर्प भेटिएपछी…

एजेन्सी – आदित्य इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटिएको छ। भारतको आन्द्रा प्रदेशको सोरम्पालेम भन्ने ठाउँमा रहेको उक्त कलेजमा तीन सयभन्दा बढी नेपाली विद्यार्थीहरू पढिरहेका छन्।
उक्त कलेजको होस्टेलको दालमा सर्प भेटिएको स्रोतले जानकारी दिएको छ । विद्यार्थीहरूले केही नखाई रातिको १ बजेसम्म धर्नामा बस्दा पनि कलेज प्रशासनले केही कदम नलिएको खबर सार्वजनिक भएको छ। विद्यार्थीहरूलाई धर्ना नबस्न उल्टै धम्की दिएको कुरा बाहिर आएको छ । २ दिन अघी मात्रै उक्त होस्टलमा रोटी बनाइ रहेको भिडियोमा प्रशस्त मात्रामा झिंगा भेटिएको थियो ।
उक्त कलेजका प्रबन्धक कृष्णमूर्तिले सबै नेपाली र दक्षिणी भारतीय विद्यार्थीहरूलाई होस्टेलबाट हटाउने धम्की दिएको समेत बताईएको छ ।
तपाइँको प्रतिक्रिया