कोरोना आशंका गरिएका व्यक्ति टेकु अस्पतालबाट ‘फरार’

काठमाडौं – कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फरार भएका छन् ।उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको स्रोतले जनाएको छ ।
मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती नेपालीलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको स्रोतले जनाएको छ ।
तपाइँको प्रतिक्रिया