‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक

चितवन – अर्को बर्षको बैशाख २६ गते प्रदर्शन हुने चलचित्र ‘हिरो रेटर्न्स’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ३ मिनेट २३ सेकेन्ड लामो ट्रेलर आज (बुधबार) सार्वजनिक भएको हो ।
सार्वजनिक ट्रेलरमा माया प्रेम र एक्सन समावेश छ । निर्माण सम्पन्न भएको लामो समयपछी सार्वजनिक भएको चलचित्रको ट्रेलरमा अभिनेत्री रेखा थापाको एक्सन अवतार देख्न सकिन्छ । चलचित्रमा रेखासँगै सविन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य अभिनय रहेको छ ।
भिम न्यौपाने र ध्रुब न्यौपाने निर्मित चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । चलचित्रमा शिवम अधिकारीको कथा, पठकथा र सम्बाद रहेको छ ।
तपाइँको प्रतिक्रिया