मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा चार जनाको मृत्यु

हेटौंडा – मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका शिखरकटेरीमा मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको जन्ती बोकेको ना ३ ख ३५५६ बस बुधवार साँझ दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मृत्तक चारै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी मृतक २ जनाको सनाखत हुन बाँकी रहेको छ ।
तपाइँको प्रतिक्रिया