प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै भरतपुरमा दीप प्रज्वलन

चितवन – आज (बुधबार) मात्रै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन गरिएको छ । मदन भण्डारी फाउन्डेसन चितवनको आयोजनामा आज दीप प्रज्ज्वलन गरिएको हो ।
दीप प्रज्ज्वलन कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका इन्चार्ज काशिनाथ अधिकारीले प्रधानमन्त्री ओलि देशको आमूल परिवर्तन गर्ने व्यक्ती भएको भन्दै उनको स्वास्थ्य लाभको कामना गरे । उनले प्रधानमन्त्रीको आत्मवलको कारण नै सफल शल्यक्रिया भएको बताए ।
मदन भण्डारी फाउन्डेसनका अध्यक्ष डा. लिला चन्द्र भट्टराईले प्रधानमन्त्रीको सफल शल्यक्रिया भएकोमा खुशी व्यक्त गर्दै स्वास्थ लाभको कामना गरे । उनले ओलि छिट्टै स्वस्थ भई आफ्नो काममा फर्किएर आम जनताको सेवा गर्ने विश्वास व्यक्त गरे । दीप प्रज्ज्वल कार्यक्रममा भरतपुरका अनेरास्ववियू चितवनका विद्यार्थी, विभिन्न संघ संस्था, फाउन्डेशनका सदस्यहरु तथा स्थानियबासीको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया