नेता देवी ज्ञवालीलाई मातृशोक

चितवन – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनका नेता देवी ज्ञवालीलाई मातृशोक परेको छ ।उनकी आमा लङकुमारी ज्ञवालीको आज भरतपुर महानगरपालिका–४ लक्ष्मीपुर स्थित निवासमा ८० वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय ज्ञवाली ब्लड प्रेसर, सुगरलगायतका समस्याबाट पीडित हुनुहुन्थियो । विसं १९९६ मा पर्वतको रानीपानीमा जन्मिएकी स्वर्गीय ज्ञवालीको ९९ वर्षीय श्रीमान् बालकृष्ण ज्ञवाली, तीन छोरा र दुई छोरी छन् ।
तपाइँको प्रतिक्रिया